Labels

Kasari Bhanu Singer : Swoopna Suman

Daraz Nepal, All Nepal delivery


[अँध्यारो छ यो रात आज किन, लामो लाग्दैछ।
सयौ कोल्टे फेरिसकें, तर निन्द्रा आउदैन।
सँधै झैँ आजपनि, जुन चम्किरहेछ।
तर बादलपारी लुकी मलाई, जिस्काऊँछ किन?

हो, आज धेरै पछि तिमी सँग, बोलेको।
तर जुनी बित्योहोला, मैले मुटु सुम्पेको।
सँधै झै आजपनि कुरा, अधुरो नै रहयो।
भन्छु भने मनका कुरा त्यो, मुटुमै लुक्यो।

कसरी भनु तिमीलाई, तिम्रो आँखामा एउटा जादु छ।
तिम्रो, मुस्कुराउँने पारामा एउटा, बेग्लै नै आभाष छ।
खै त तिम्ले बुझेको, किन मुटु मेरो चोरेको।
अझै याद छ तिमीले, पहिलोपल्ट मलाई छोएको।

थाहा छैन तिमी, को हौ मेरो, थाहा छैन कसरि आयौ?…२
तर सम्झेर तिमीलाई, हराउने गर्छु म।
सोचेर तिमीलाई, निदाउने गर्छू म।
सम्झेर तिमीलाई, हराउने गर्छु म।
सोचेर तिमीलाई, निदाउने गर्छू म।

चिसो-चिसो मौसम, तर यो मुटु न्यानो छ।
सिरानीलाई अँगालेर, टोलाउँदै छु किन?
चल्दैछ बतास, हेर न, बढ्दैछ यो धड्कन।…२
आँखाको सामु तिमी, देख्दैछु किन? हाँ.. 

हो, आज धेरैपछि, तिमीसँग बोलेको।
किन तिमी देख्दैनौ, मैले मुटु सुम्पेको।
कसरी पोखुँ तिमीलाई, मेरा मनमा लुकेका कुरा छन।
जति टाढा हुनखोज्छु उति, माया बढ्दै जान्छ झन।

खै त तिम्ले बुझेको, तिमीले नै मुटु मेरो चोरेको।
अझै याद छ तिमीले मलाई, हेर्दै मुस्कुराएको।
थाहा छैन तिमी, को हौ मेरो, थाहा छैन कसरि आयौ?…२
तर सम्झेर तिमीलाई, हराउने गर्छु म।
सोचेर तिमीलाई, निदाउने गर्छू म।
सम्झेर तिमीलाई, हराउने गर्छु म।
सोचेर तिमीलाई, निदाउने गर्छू म।

कसरी भनु तिमीलाई, तिम्रो आँखामा एउटा जादु छ।
तिम्रो, मुस्कुराउँने पारामा एउटा, बेग्लै नै आभाष छ।
तर सम्झेर तिमीलाई, हराउने गर्छु म।
सोचेर तिमीलाई, निदाउने गर्छू म।
[सम्झेर तिमीलाई, हराउने गर्छु म।
सोचेर तिमीलाई, निदाउने गर्छू म।]…२


TNepali Songs Lyrics nepali song lyrics and chords" "

Yo Mero Topi Ho By Gopal Yonjan